दुई महिनाका लागि वितरण रोकिएको भनिएको मेलम्चीको पानी काठमाडौं बासीले पाउनेमा अनिश्चित भएको छ । मेलम्ची खानेपानी आयोजनाले दुई महिनाका लागि रोकिएको भनिएको वितरण हुने अन्योलता थप बढेको छ । मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने हतारोमा गरिएको गल्तीका कारण पानी आउने समय अनिश्चित बनेको हो । सुरुङमार्गको परीक्षण कार्यविधि पूरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गरिएको छ ।
असार १ देखि पानी भर्न बन्द गरे पनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने र त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्ने भएकोले करिब दुई महिना पानी नआउने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका थिए । तर, यी काम समयमै नहुने भएपछि पानी वितरणको काम अनिश्चित भएको हो ।
यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने भए पनि उद्घाटनको हतारोका कारण काम पछि सारेर सुरुङ परीक्षणविनै पानी पठाइएको थियो ।
मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।
कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए/नभएको अध्ययन गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री कार्यालयले उद्घाटन छिटो गर्न सुरुङ खाली नगर्ने र सुरुङमा पानी हाल्दा प्रभाव परे/नपरेको अध्ययन नगर्न आयोजनालाई दबाब दिएको थियो ।
विज्ञहरुले पनि २५ वर्ष प्रतीक्षा गरेको परियोजनामा गर्नैपर्ने २५ दिनको काम नगरी सरकारले जोखिम मोल्न लगाउँदा समस्या आएको बताएका थिए ।
निर्माण नसकिदै फूटपाथ भत्किएको बारेमा काठमाडौं महानगरपालिकाका ईन्जिनियर राम बहादुर थापासँग प्रतिक्रिया माग्दा मेलम्चीको पानी चुहावटले यस्तो समस्या ल्याएको बताए । हतार हतार गरेर पुरानै पाइपमा पानी छोडिएकोले पाइप फूटेर फूटपाथ भत्किएको इन्जिनियर थापाको भनाई रहेको छ । पाइपबाट पानी चुहिने र ढलको समस्याको असरले सडकमा समस्या आएको भनाई थापाको छ ।
हतारमा पुरानै पाइपामा पानी छोड्दा ठाउँ-ठाउँमा पाइप फुटेका थिए । सस्तो लोकप्रियताका लागि र उद्घाटनमा आफ्नो नाम दर्ज गराउन ओलीले गरेको हरातोको सास्ति अहिले जनताले खेपिरहेका छन् । जसले गर्दा काठमाडौंबासीमा प्रधानमन्त्री ओलीप्रति आक्रोश बढ्दो छ ।















प्रतिक्रिया