Logo

अवैध सालको काठ ओसारेका आरोपमा चार जना पक्राउ



अवैध रुपमा सालको काठ ओसारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी काठ पनि बरामद गरेको छ । 

पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका—२ का २१ वर्षीय महेश पुन, सोही ठाउँका २८ वर्षीय वसन्त क्षेत्री, २२ वर्षीय विनोद पुन र २८ वर्षीय सुशिल घर्तीमगर रहेका छन् । 

दाङको गढवा गाउँपालिका–५ कक्रहवाबाट अवैध रुपमा सालको काठ चोरी निकासी भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति कोइलाबासदेखि गढवातर्फ अवैधरुपमा सालको काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जनाएको छ । 

उनका अनुसार भे१च १८२१ नंम्बरको बोलेरो पिकअप गाडीमा २६ थान (४५.४९ क्युफिट) काठसहित उनीहरुलाई पक्राउ गरिएको हो ।  प्रहरीले बरामद काठसहित चारै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी पठाएको जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १८:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।