Logo

समाचार

एमाले कार्यकर्ताको हत्या आरोपमा ९ जना पक्राउ



हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित याङ्चु बजारमा भएको झडममा नेकपा एमालेका कार्यकर्ताको हत्या गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

स्थानीय तह निर्वाचनको भोलिपल्ट ३१ वैशाखमा नेकपा एमाले, नेपाली कांग्रेस र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच झडप भएको थियो । उक्त झडपमा घाइते भएका खार्पुनाथ- ५ दुर्पाका छत्रबहादुर शाहीको उपचारका क्रममा ४ जेठमा नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको थियो ।

शाहीको हत्याको अभियोगमा कर्तव्य ज्यान मुद्दाका आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले ८ जेठमा पक्राउ गरी अनुसन्धान गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरूमा २४ वर्षीय पिथिन्द्र भन्ने रड्के शाही, २२ वर्षीय बबर शाही, २६ वर्षीय मोहनजंग शाही, २४ वर्षीय कालीबहादुर शाही छन् ।

त्यस्तै २८ वर्षीय जयन्द्र शाही, २७ वर्षीय जयराज शाही, २४ वर्षीय अबिसर शाही, २२ वर्षीय जयन्द्र शाही र ३० वर्षीय बलबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ९ जना नै खार्पुनाथ गाउँपालिका-  ५ का हुन् । 

प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार  ९ : २७ बजे