एनआइसी एशिया बैंकको स्वामित्तोमा रहेको चार कम्पनीको शेयर (आज) आइतबारबाट लिलामीमा विक्री गरिने भएको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्स, आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो । जसमा शनल लाईफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २ लाख ८६ हजार १९५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता र महुली लघुवित्तको ५५ हजार ५७० कित्ता रहेको छ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता ४४४ रुपैयाँ , आरएमडीसी लघुवित्तको न्यूनतम मूल्य ४७७ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको न्यूनतम मूल्य ५७५ रुपैयाँ र महुली लघुवित्तको न्यूनतम मूल्य ७६८ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताहरुले उक्त सेयर खरिदका लागि सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयरमा लगानीकर्ताले असार ६ गतेदेखि असार ११ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले बोलकबोल गर्दा महुली लघुवित्त वित्तीय संस्थाको लागि न्यूनतम ५०० कित्ता र अन्य तीन कम्पनीको न्यूनतम १०० कित्तादेखि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।















प्रतिक्रिया