सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु अहिले काठमाडौंमा छन् । सातै प्रदेशमा आन्तरिक मामिला मन्त्रीहरुसँग गृहमन्त्री खगराज अधिकारीले सिंहदरबारमा छलफल गरिरहेका छन् । यसअघि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका गृहमन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिलामन्त्रीसँग छलफल गरिरहेका छन् ।
राष्ट्रपतिसँगको छलफल लगत्तै बन्दाबन्दीको समयमा सातै प्रदेशका आन्तरिक मामिला मन्त्री काठमाडौंमा भेला भएपछि चासो बढेको हो ।
सात प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु काठमाडौं भेला भएपछि यसबारे बुझ्न गृह प्रवक्ता जनकराज दाहाललाई सम्पर्क गर्दा उनले समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिए ।
उनले भने, “विपद् ब्यवस्थापन र निर्वाचन तयारी लगायतका विषयमा छलफल गर्न गृहमन्त्रीज्यूले उहाँहरुलाई काठमाडौं बोलाउनु भएको हो ।”
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् ।
प्रतिक्रिया