Logo

निजी सवारी साधनलाई सञ्चालन गर्न दिने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञालाई फेरि एक सातादेखि १० दिनसम्म लम्ब्याउने तयारी गरिरहेका छन् ।

निषेधाज्ञा थपको निर्णय गर्न आइतबार साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उपत्यकामा अझै खुकुलो र व्यवस्थित हुने गरी निषेधाज्ञा थप हुने बताइएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डीप्रसाद निरौलाले उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताए । उनले आजको छलफलमा यो विषयमा समेत छलफल हुने बताए ।

 

प्रकाशित मिति : असार ६, २०७८ आईतबार  ३ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।