Logo

भीरबाट खसेको ढुङ्गा लागेर सेनामा कार्यरत ३८ वर्षीय पुरुषको मृत्यु



मार्तडी : बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका-३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिएका छन् । हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताएका छन् । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १६:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।