काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन भने जोर विजोर प्रणालीमा चलाउन पाइने छ । यस्तै पसलहरु भने बार अनुसार पसल सञ्चालन गर्न दिइनेछ ।
बैठकमा निर्णय भएअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला रहनेछन् ।
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।
प्रतिक्रिया