Logo

सेफ्टीक ट्याङ्की भत्किएर दुईको मृत्यु



सङ्खुवासभा, खाँदबारी नगरपालिका –४ सेकाहामा सेफ्टीक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। ट्याङ्की भत्किएर खाँदबारी – ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ  र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए। घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए। 

प्रकाशित मिति : असार ७, २०७८ सोमबार  ६ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।