पछिल्ला दिनमा माैसममा केही सुधार आए पनि बाढीपहिराेकाे जाेखिम कायमै रहेकाे छ। देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षा हुने तथा नदी खाेलामा बाढी आउने जाेखिम रहेकाले सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभागले आह्वान गरेकाे छ।
‘देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २, लुम्विनि प्रदेशका थोरै स्थानमा भारी वर्षा र प्रदेश १ का एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावकाे जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ माैसम पूर्वानुमान महाशाखाले भनेकाे छ।
महाशाखाका अनुसार साेमबार दिउँसाे देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षा साथै प्रदेश १ का एक-दुई स्थानमा धेरै भारी वर्षा को सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ।
मंगलबार लुम्बिनी, गण्डकी र बाग्मति प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार बुधबार देशभर पनि देशभर बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, बागमती र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले उल्लेख गरेकाे छ।
यसैगरी बुधबार राति प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा र प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया