Logo

समाचार

इरानको परमाणु कार्यक्रममाथि इजरायलले गर्‍याे कटु आलाेचना, वार्ता स्थगित



इरान र ६ विश्व शक्तिबीच सन् २०१५ मा भएकाे परमाणु सम्झाैतालाई बहाल गर्न भइरहेकाे वार्ता स्थगित भएकाे छ। 

एप्रिल यता  अमेरिका, यूके, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँग परमाणु अस्त्र सम्झौतालाई पुन: सक्रिय बनाउन वार्ता गरिरहे पनि वार्ता स्थगित भएकाे हाे। सन् २०१५ मा सम्झौता भएपछि इरानले प्रतिबन्धहरू खुकुलो पारिएका जवाफमा आफ्ना परमाणु गतिविधिलाई केही सीमित तुल्याएको थियो।

समाचार एजेन्सी  राेयटर्सका अनुसार  इरानले देशका अति पुरातनवादी विचार राख्ने सर्वोच्च न्यायाधीश एब्राहिम राइसीलाई नयाँ राष्ट्रपतिका रूपमा चुनेसँगै वार्ता भाडिएकाे हाे।

इजरायका प्रधानमन्त्रीले अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट ‘ब्युँझन’आह्वान गरेका छन्। इरानको परमाणु कार्यक्रमलाई सीमित तुल्याउन वार्ताहरू चलिरहँदा नाफ्ताली बेनेटले इरान ‘क्रूर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता’ भएको र उसले परमाणु अस्त्र चाहेको बताए। इरानले त्यस्ता आरोप बारम्बार अस्वीकार गरिरहेको छ।

अगस्टमा जिम्मेवारी सम्हाल्ने उनीमाथि अमेरिकी प्रतिबन्ध छ र राजनीतिक बन्दीहरूलाई विगतमा मृत्युदण्ड दिएको आरोप लागेको छ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईले बारम्बार इजरायल राज्यको उन्मुलनको माग गरिरहेका छन्। उनले सन् २०१८ मा इजरेललाई ‘क्यान्सरको ट्युमर’ भन्दै त्यसलाई उक्त क्षेत्रबाट हटाइनुपर्ने बताएका थिए।

इजरायलले इरानलाई एउटा प्रमुख खतराका रूपमा लिने गर्छ र उसले बारम्बार इरानले परमाणु अस्त्र विकास गर्न चाहेको अडान लिँदै आएको छ।

प्रकाशित मिति : असार ७, २०७८ सोमबार  ७ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।