Logo

प्रवास

मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला



मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै हत्या गरेको अभियोगमा ३६ वर्षीय नेपाली युवा सुरजदेव शाह तेलीलाई उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका जेल अधिकृत द्वितीय सचिव प्रतिक कार्कीका अनुसार उनलाई मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत गएको १७ अगष्टमा मृत्युदण्डको फैसला सुनाइएको थियो । उनलाई उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले घटनामा दोषी ठहर्याउँदै मृत्युदण्डको सजाय सुनाएका हुन् ।

तेलीलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा ३४ वर्षीय हरिथास नाम गरेका नेपाली युवाको हत्या गरेको अभियोग लगाइएको थियो । नेपाली राजदूतावासका तर्फबाट भारतीय मुलकी अधिवक्ता करनजीत कौरले तेलीका तर्फबाट मुद्दा लडेकी थिइन् ।

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  ९ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।