Logo

नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश प्रस्ताव



नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनी असार ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र शेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमध्ये १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन् । 

प्रस्तावित लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि वितरण गरिनेछ । 

प्रकाशित मिति : असार ८, २०७८ मंगलबार  ११ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।