Logo

बुधबार कारोबार रकमसहित नेप्से परिसूचकमा उच्च अंकको गिरावट



मंगलबार करिब ८० अंकले बढेको बजार आर्को दिन ५३ दशमलव ८८ अंकले घटेको छ । शेयर बजारको भाषामा मंगलबारको बजारलाई कतिले डेड क्याट बाउन्सको संज्ञा दिएका छन् । यानीकी मरेको बजारमा कृतीम उछाल । 

बुधबार शेयर बजार अर्धशतकिय अंकले घटेको छ । बुधबार शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ८८ अंकले घटेर दुई हजार ८५९ दशमलव ९६ अंकको विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका छन् । 

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १ दशमलव ४० प्रतिशतले घटेर ५२८ दशमलव ८२ अंकको विन्दुमा बन्द भएको छ । 

बुधबार दुई सय १८ कम्पनीको ९१ हजार ७५ पटकको व्यापारमा एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयरको खरिदविक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । 

बुधबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५४ करोड ३० लाख ३६ हजार ६०३ रुपैयाँ बराबरको कारोबार भएको छ । 

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । बुधबार कालिका पावर कम्पनीको लगानीकर्ताले सर्वाधिक ५ दशमलव ६० प्रतिशतले गुमाएका छन् । दोस्रोमा नेपाल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ४८ प्रतिशतले गुमाएका छन् । 

आज १३ समूहको कारोबार भएकोमा १३ वटै समूहको परिसूचक घटेको छ । जसमा विकास बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ६९ प्रतिशतले घटेको छ । दोस्रोमा वित्त समूहको परिसूचक ३ दशमलव ०५ प्रतिशतले घटेको छ । 

बुधबारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख ३८ हजार १५७ रुपैयाँ कायम भएको छ ।

१ दशमलव ८५ प्रतिशतले घटेको बजारमा १५ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६५ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी तीन कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ३ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।