Logo

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशन गर्ने अनुमती माग्न बोर्डमा आवेदन



मुक्तिनाथ विकास बैंकले एक अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग असार ८ गते अनुमति मागेको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो ।

त्यस मध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने छ ।

बैंकले बिक्री गर्न लागेको ७ बर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशतका दरले ब्याजदर पाउने छन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाएपछि बैंकले ऋणपत्र निष्काशन गर्नेछ ।

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ३ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।