Logo

देशभरको मौसम सामान्य, बिहीबार यी स्थानहरुमा पर्नेछ पानी 



देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकाले गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश १, २ ,बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बुधबार बिहान पानी परेको छ। हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १,गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

बिहीबार देशका धेरै स्थानमा पानी पर्ने छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै दाङ जिल्ला लगायत आसपासको भेगमा  मेघ गर्जन रचट्याङ सहित वर्षाभैरहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा जल तथा पूर्वानुमान महाशाखाले  आग्रह गरेको  छ । 

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ४ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।