Logo

असार १७ गतेदेखि आन्तरिक उडान सञ्‍चालन हुने 



कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञासँगै बन्द भएको आन्तरिक उडान असार १७ गतेदेखि सञ्‍चालन गरिने भएको छ । सरकारले कोरोना नियन्त्रणका लागि वैशाख १६ देखि निषेधाज्ञा जारी गरेको थियो भने वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । 

मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले असार १७ गतेदेखि व्यवसायिक आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो ।  जनस्वास्थ्यका मापदण्ड पालना गर्ने शर्तमा गरिएको उडान सञ्‍चालनको निर्णयलाई कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । 

असार १७ गतेदेखि आन्तरिक उडान सामान्य अवस्थाको तालिकाका आधारमा ५० प्रतिशतमात्रै सञ्चालन गर्ने निर्णय भएको जनाइएको ५ । 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोकिएको आन्तरिक उडान ६० औं दिनपछि पुनः शर्तसहित सञ्चालन हुने भएको हो । 

फाइल तस्बिर ।

 

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ४ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।