नेपाल आयल निगम लिमिटेडले निषेधाज्ञा खुकुलाे भएसँगै पेट्राेलियम पदार्थकाे भाउ वृद्धि गरेको छ।
निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको भाउ प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि भएको हाे।
याेसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ र आन्तकि हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर कायम भएकाे छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ।
८ असारबाट निषेधाज्ञा खुकुलाे बनाएर सवारीसाधनमा जाेरबिजाेर लागू भएसँगै पेट्राेलियम पदार्थकाे माग बढ्न थालेकाे छ।
प्रतिक्रिया