इथियोपियामा हवाई आक्रमणमा कम्तीमा ६० जनाकाे ज्यान गएकाे छ। दर्जनौँ मानिसहरूले ज्यान गुमाएका वा घाइते भएका विवरणहरू आएका छन्।
इथियोपियाको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा रहेकाे टोगोगा बजारमा सरकारी हवाई फौजले आक्रमण गरेकाे बिबिसीले उल्लेख गरेकाे छ।
यद्यपि इथियोपियाको सेनाले आमनागरिकलाई नभई आतंकवादीहरूलाई निष्क्रिय बनाउन आक्रमण गरिएकाे दाबी गरेकाे छ।
संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ। करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन्।
मिकाइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले बीबीसीलाई कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको बताए।
प्रतिक्रिया