Logo

असार १७ गतेदेखि नियमित आन्तरिक उडान 



असार १७ गतेदेखि नियमित आन्तरिक उडान सञ्चालन हुने भएकाे छ। मन्त्रिपरिषद्काे साेमबारकाे निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानकाे मिति तय गरेकाे हाे।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा १ जुलाई अर्थात् १७ असारबाट आन्तरिकतर्फका नियमित हुने उल्लेख छ। कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा तपसिलको तालिका बमोजिम उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएकाे छ।

अन्तर्राष्ट्रिय उडान भने बिहीबार आजबाट शुरु हुने छ । मन्त्रालयद्वारा जारी सूचनामा २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्ने छ । त्यस्तै २५ जुनमा नेपाल एयरलाइन्सले जापान उडान भर्ने छ भने २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउने छpress_release.png

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार  ८ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।