सोमालियाको अर्ध स्वायत्त राज्य पन्टल्यान्डमा २१ जनालाई मृत्युदण्ड दिइएको छ।
इस्लामिक चरमपन्थी समूह अल शबाबसँग सम्पर्क रहेको पाइएपछि उनीहरूलाई मृत्युदण्ड दिइएको हो।
सेनाको एक अदालतले सुनाएको निर्णयअनुसार उनीहरू सबैजनालाई मृत्युदण्ड दिइएको बताइएको छ।
सरकारी रेडियोले जनाएअनुसार उनीहरूमध्ये १८ जनाले एक दशकअघि हत्या र बम विस्फोट गरेका थिए।
उनीहरूलाई सजाइ दिइरहेको बेला अल शबाबले सोमालियाको अन्य सहरमा आक्रमण गरेको थियो। आक्रमणमा परेर केही सैनिकको मृत्यु भएको बिबिसीले जनाएको छ।
सोमालियाको अन्य क्षेत्रमा पनि अदालतले यसखाले साजय सुनाइ सकेको छ। तर, पन्टल्यान्डमा यति धेरै संख्यामा अल शबाबका सदस्यहरूलाई मृत्युदण्ड दिइएको थिएन।
प्रतिक्रिया