चर्चित हास्यकलाकार तथा चलचित्र निर्माता सिपी पौडेल लामो समयदेखि बिरामी भएपनि उनलाई सन्चो हुन सकेको छैन । काठमाडौंको कालिकास्थानमा रेष्टुरेण्टको व्यवसाय समेत सञ्चालन गर्ने गरेका पौडेल लामो समयदेखि बिरामी हुँदा उनलाई आर्थिक समस्या समेत भएको छ । एक वर्षभन्दा बढी लकडाउन र निषेधाज्ञा हुँदा उनको व्यवसाय समेत अघि बढ्न सकेको छैन ।
श्वासप्रश्वासमा समस्या देखिएपछि केही बर्ष अगाडि ललितपुरको सर्वाङ्ग अस्पतालको आइसियुमा एक साता र त्यसपछि केही समय सघन उपचार कक्षमा उपचार गराएका पौडेल त्यसयता चितवनको गैडाकोटस्थित घरमै रहेका छन् । फोक्सोमा पानी जमेको र मृगौलामा समेत समस्या देखिएका पौडेललाई उपचारमा समस्या भएको भन्दै विभिन्न कलाकर्मीहरुले आर्थिक सहयोगको लागि समेत आव्हान गर्न थालेका छन् ।
कलाकार तथा निर्माता कृष्ण मल्लले पौडेलका दुइ तस्बिर सार्वजनिक गर्दै पौडेललाई सहयोग गर्न आव्हान गरेका छन् । आफूले समेत सानो सहयोग गरेको उल्लेख गर्दै मल्लले सहयोग गर्न चाहानेहरुले आफैं सहयोग गर्नुहोला भनेका छन् ।
प्रतिक्रिया