युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत जेठ ९ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । धितोपत्र बोर्डको अनुमति पाएसँगै अब युनियन लाइफले कुल ६४ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
इक्रा नेपालले आईपीओ निष्कासनका लागि युनियन लाइफले (इक्राएनपी– आईआर बीबीबी) रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको आईपीओमा गरिएको लगानी मध्यम किसिमको सुरक्षित रहेको संकेत गर्छ ।
प्रतिक्रिया