Logo

अन्तत: बढेरै बन्द भयो सोमबारको शेयरबजार 



सोमबार दिनभरीको उतारचढाव पश्चात अन्तमा सोमबारको शेयरबजार बढेर बन्द भएको छ ।  सोमबार शेयरबजार परिसूचक नेप्से ५ दशमलव ०६ अंकले बढेर २८७५ दशमलव ४५ अंकको विन्दुमा बन्द भएको छ । 

शेयर बजार बढ्दा शेयरबजारका सम्पूर्ण परिसूचकहरु पनि बढेका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ४ दशमलव १४ अंकले घटेर ५३३ दशमलव ५५ अंकको विन्दुमा बन्द भएको छ । 

सोमबार दुई सय १९ कम्पनीको ८१ हजार तीन सय पटकको व्यापारमा एक करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयरको खरिदविक्री हुँदा सात अर्ब ७२ करोड ५५ लाख ९४ हजार ९६५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । 

सोमबार अपर तामाकोशीको सर्वाधिक ६ हजार ३३४ पटकको व्यापारमा सर्वाधिक ६६ करोड ९४ लाख ४८ हजार ९८९ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५२ करोड २४ लाख ८४ हजार ३५९ रुपैयाँ बराबरको कारोबार भएको छ । 

करिब ५ अंकले बढेको बजारमा कुनै कम्पनीको मूल्य पनि सर्किट लेभलमा कारोबार भएको छैन । सोमबार सबैको लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य सर्वाधिक ८ दशमलव १७ प्रतिशतले बढेको छ । सोमबार बेस्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक ५ दशमलव ४८ प्रतिशतले गुमाएका छन् । 

सोमबारको समूहगत परिसूचक भने मिश्रित देखिएको छ । १३ समूहको कारोबार भएकोमा ५ समूहको परिसूचक बढ्दा बाँकी ७ समूहको परिसूचक घटेका छन् । 

लगानी र लघुवित्त समूह २ प्रतिशत भन्दा धेरैले बढ्दा बाँकी समूहको परिसूचक एक प्रतिशत भन्दा थोरैले बढेका हुन् । 

घटेर बन्द हुने समूहमा वित्त, विकास बैंक र जलविद्युत समूहको परिसूचक क्रमश २ दशमलव ५९ प्रतिशत, १ दशमलव ६८ र २ दशमलव २३ प्रतिशतले घटेका छन् । बाँकी समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले घटेका छन् । 

० दशमलव १८ प्रतिशतले घटेको बजारमा ८० कम्पनीको शेयर मूल्य बढ्दा ९६ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  ३ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।