Logo

क्यानडामा हालसम्मकै उच्च तापक्रम



क्यानडाको पश्चिम र उत्तर अमेरिकी प्रशान्तमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । 

क्यानडाको लिट्टन गाँउमा ८४ वर्ष पुरानो रेकर्ड ब्रेक गर्दै आइतबार ४६.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

क्यानडाका अन्य धेरै क्षेत्रमा पनि हाइप्रेशरको गर्मी महशुस भएको छ । 

अमेरिका र क्यानाडाले नागरिकहरूलाई अत्याधिक गर्मीबाट हुनसक्ने समस्याबारे अवगत गराउँदै  सचेत रहन आग्रह गरेको छ ।

जलवायु परिवर्तनले हिटवेभ जस्ता चरम मौसम घटनाहरूको बढाएकाले यस्तो भएको मौसम विद्हरूले बताएका छन् । यद्यपी कुनै पनि एकमात्र घटनालाई ग्लोवल वार्मिङ्सँग जोड्न नहुने हुनेसमेत उनीहरूले बताएका छन् ।

गर्मी बढेको क्षेत्र अत्याधिक ठूलो रहेको छ । क्यालिफोर्नियादेखि क्यानाडाको आर्कटिक क्षेत्रहसम्म गर्मी बढेको छ । बीबीसीबाटब

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।