Logo

आजदेखि सार्वजनिक यातायात सञ्चालन, अरु के-के सञ्‍चालन गर्न पाइने ?



काठमाडौं उपत्यका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले एक साता लकडाउन थप गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाको सूचना अनुसार असार १५ गतेदेखि असार २१ गतेसम्म लकडाउन थप गरिएको हो । मंगलबारदेखि २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने भएको हो । 

के सञ्‍चालन गर्न पाइने र?

– वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थीको हकमा कुटनीतिक नियोगबाट सञ्‍चालन हुने परीक्षा तथा भिसा अन्तर्वार्ताका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि सञ्‍चालन गरिने 
– उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरि सञ्‍चालन गरिने 
– औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा पनि निर्वाधरुपमा सञ्‍चालन हुने 
– खाद्यान्‍न, दूध तथा दुग्‍ध पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री बिक्री वितरण गर्ने, पुस्तक तथा खेलकुद पसलहरु साँझ छ बजेसम्म सञ्‍चालन गर्न पाइने 
– डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता तथा विद्युतिय सामग्री, अटोमबाइल, स्यानिटरी पसल, टायल, मोबाइल, मार्बल, फर्निचरलगायतका पसलहरु बिहान ११ बजेदेखि साँज ६ बजेसम्म सञ्‍चालन गर्न पाइने 
– विवाह तथा व्रतबन्धमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गरि गर्न पाउने र दुई वटा सवारीसाधन प्रयोग गर्नुपर्ने 
– निजी सवारीसाधन ९कार, जीप, भ्यान० मा बढीमा चारजना, ट्याक्सीमा तीजना र मोटरसाइकलमा जोर(बिजोरका आधारमा सञ्‍चालन गर्ने 
– काठमाडौं उपत्यकाभित्र मात्र सञ्‍चालन हुने २५ सिट क्षमताभन्दा बढीको सार्वजनिक यात्रुबाहक सवारी साधन जोर(बिजोरका आधारमा सञ्‍चालन गर्न पाइने । 
– पत्रकार तथा सञ्‍चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवतजावत गर्न पाइने । सूचना विभागको पास नभएका सञ्‍चारकर्मीलाई आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित सञ्‍चार गृहको परिचयपत्रका आधारमा पनि आवतजावत गर्न पाइने 
– विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरि सेवा प्रवाह गरिने 
–  बैंक तथा वित्तिय संस्था, धितोपत्र, बिमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरु स्वास्थय मापदण्ड पालना गरि सञ्‍चालन गरिने ।

के सञ्‍चालन गर्न नपाइने ?

– यस अवधिमा सबै प्रकाका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्‍जनस्थल, सैलुन, ब्युटी पार्लर, रंगशाला, चिडियाखाना, संग्राहलय, खेलकुद र तथा मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्‍चालन गर्न नपाइने भएको छ । 

– शैक्षिक संस्था भौतिक उपस्थितिमा सञ्‍चालन गर्न नपाइने, परीक्षा सञ्‍चालन गर्न पाइने

– अत्यावश्यक सामग्री बोकेकार ढुवानी सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, पास लिएका सवारीसाधनबाहेकका सवारीसाधन काठमाडौं प्रवेशमा रोक लगाइने

– पूजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक र सांस्कृतिक गतिविधिहरु सञ्‍चालन गर्न नपाइने, 

– विवाह, व्रतबन्ध तथा सामूहिकरुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने 

प्रकाशित मिति : असार १५, २०७८ मंगलबार  ८ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।