Logo

रोजगार

माधव नेपालको ठहर : अझैपनि यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र भइरहेको छ



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमनत्री माधवकुमार नेपालले राजा ल्याउने षड्यन्त्र भइरहेको बताएको छन् । आइतबार काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रतिगमनकारीहरुले अझैपनि यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको टिप्पणी गरे । तर आफूहरु कुनै हालतमा प्रतिगमन हुन नदिने पक्षमा रहेको उनले बताए ।

‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘तर यो किमार्थ सम्भव छैन ।’ उनले राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर कतिपयले भनिरहेको भन्दै राजाले देश कसरी चलाएका थिए भन्ने आफूलाई राम्ररी थाहा भएको पनि बताए ।

संघीयता समस्या नभई कामको तरिका र दृष्टिकोणको समस्या भएको नेपालले बताए । उनले राजनीतिक पार्टी, नागरिक समाज र मिडियाले यस्ता समस्याका बारेमा सरकारलाई दबाब दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ६ : ४१ बजे