काठमाडौं । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।
आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो ।
निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।
त्यसैगरी नेपालमा बढ्दो पेट्रोलको मूल्यमा खाडी देशमा कति रहेको छ मूल्य भन्ने विषयमा हामीले खोजी गरेका छौँ ।
मूल्य यसप्रकार छ । हामीले नेपाली रुपियाँमा कारोबार भइरहको तथ्यांक प्रस्तुत गरेका छौँ ।
१. कुवेत – ४२.७६ प्रतिलिटर
२. कतार – ७२.१९ प्रतिलिटर
३.सयुक्त राज्य इमिरेट्स – १४१.०७ प्रतिलिटर
४. साउदी – ७७.७१ प्रतिलिटर
५.बहराइन – ६६.२७ प्रतिलिटर
६. जोर्डन – २०८.१३ प्रतिलिटर
७. इराक – ६४.३३ प्रतिलिटर
८. इजरायल – २६२.९१ प्रतिलिटर
९.ओमन – ७७.६२ प्रतिलिटर
१०.यमन – ६४.३३ प्रतिलिटर
प्रतिक्रिया