चिनियाँ राष्ट्रपति सी जिन पिङले चीनलाई कसैको पनि दमन सह्य नहुने चेतावनी दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को १०० वर्षगाँठको अवसरमा बिहीबार तियानमेन स्क्वायरमा आयोजित समारोहमा बोल्दै कुनै पनि विदेशी शक्तिलाई चीनलाई प्रभावका पार्न खोजे ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका हुन् ।
राष्ट्रपति सीले संयुक्त राज्य अमेरिकातर्फ संकेत गर्दै बेइजिङको विषयमा कसैलाई गलत प्रचार गर्न अनुमति नभएकोसमेत उनले बताएका छन् । चीनमा मानवअधिकार उल्लंघनका घटनाहरु बढेको र हङकङको स्वतन्त्रता हनन गरेको भन्दै चीनको चर्को आलोचना भइररहेको प्रसंगमा उनले यस्तो बताएका हुन् ।
पछिल्लो केही समय यता अमेरिका र चीनबीचको सम्बन्धनमा दरार पैदा भएको छ । कोरोना महामारी, व्यापायुद्ध र जासुसीको प्रसंगलाई लिएर अमेरिकाले निरन्तर चीनको आलोचना गरिरहेको छ । यसैगरि ताइवानको विषयमा पनि चीन र अमेरिकाबीचको तनाव बढ्दो क्रममा छ ।
ताइवानको विषयमा राष्ट्रपति सीले चीनले ताइवानसँगको एकतालाई अक्षुण प्रतिबद्धताको रुपमा ब्याख्या गरेका छन् । उनले भने, “राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डाप्रतिको चिनयाँ नागरिकको क्षमता, इच्छाशक्तिलाई कसैले पनि अवमूल्यन गर्न हुँदैन ।”
चीनको १०० वर्षगाँठको उत्सवको अवसरमा बिहीबार बिहान सैन्य जेटहरु उडाइएका थिए, देशभक्ति गीतहरु बजाइएका थिए भने बृहत सैन्य मार्च गरिएको थियो । तियानमेन स्क्यावयरमा उपस्थित हजारौंको भीडमा अधिकांशले मास्क लगाएका थिएनन् ।
चिनियाँ राष्ट्रपति सीले समाजवादले मात्रै चीनलाई जोगाउनसक्ने बताएका छन् । उनले भने, “केवल समाजवादले मात्रै चीनलाई जोगाउन सक्छ । चिनियाँ विशेषताको समाजवादको विकासले मात्रै चीनलाई बचाउन सक्छ ।”
उनले चीनलाई कसैले दमन गरेको, दबाबमा पार्न चाहेको र अवमूल्यन गर्न खोजेमा परिणाम राम्रो नहुनेसमेत चेतावनी दिएका छन् । उनले भने, “कसैले पनि चीनलाई दमनमा पार्ने दुस्साह गरेमा १.४ बिलियन चिनियाँहरुले त्यसको कड जवाफ दिनेछन् । जुन निकै महँगो पर्नेछ ।” – बीबीसी
प्रतिक्रिया