Logo

सार्वजनिक स्थानमा महिलालाई चिमोट्ने एक युवा भक्तपुरबाट पक्राउ



सार्वजनिक स्थानमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा भक्तपुरबाट एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–५, रुपाकोटका ३६ वर्षीय चमारसिंह तामाङ रहेका छन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायक बस्दै आएका उनले कमलविनायक, आदर्श चोकलगायत सार्वजनिक स्थानको भित्री सडक खण्डको एकान्त स्थानमा हिँडडुल गरिरहेको महिलाहरूलाई चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, हैरानी दिनेलगायत कार्य गर्दै आएको प्रहरीले बताएको छ । 

तामाङविरुद्ध प्रहरी परिसर भक्तपुरमा पटक–पटक उजुरी पर्दै आएको थियो । परिसरको टोलीले उनलाई पक्राउ गरी पीडित महिलाहरूलाई सनाखत गराएको थियो ।

प्रकाशित मिति : असार १६, २०७८ बिहीबार  १२ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।