Logo

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भूकम्पमा परी सयौंको ज्यान गएकोमा नेपालद्वारा दुःख व्यक्त 



काठमाडौं । नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो । 

‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ । हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ परराष्ट्र मन्त्रालयले भनेको छ । 

यस दुःखद घडीमा नेपाली जनता अफगानिस्तानका जनतासँगै रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  २ : ०८ बजे