Logo

ह्वासिन सिमेन्ट उद्योगमा बाढीले क्षति



धादिङ : नेपालकै ठूलो निर्माणाधीन सिमेन्ट उद्योग बेनीघाट रोराङ गाउँपालिका-२ महादेवस्थानस्थित ह्वासिन सिमेन्ट उद्योगलाई बाढीले क्षति पुर्याएको छ ।

कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी उद्योगमा पसेको हो । उद्योगको छेउछाउमा भएको सामान बगाएको छ । उद्योगको मुख्य भागमा बाढीले पुरेको प्रत्यक्षदर्शी अप्सरा मैनानीले बताए ।

सो स्थानमा रहेको सीताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अरु दुई होटलमा पनि बाढी पसेको छ । सिमेन्ट उद्योगको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । 

निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ मजदुरलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ । अघिल्लो वर्षको बाढीले पनि सिमेन्ट कम्पनीमा ठूलो क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : असार १७, २०७८ बिहीबार  ४ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।