Logo

भासियो कमला नदीको पुल



जनकपुरधाम : हुलाकी राजमार्ग अन्तर्गत धनुषा  र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जनाइएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार पुलको १२ स्पानमध्ये एउटा स्पान एक फिट भासिएको छ । २४ करोड ४२ लाखका लागतमा सम्पन्न भएको सो पुलको निर्माण गर्न शुरुआतमा पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो । 

 सो कम्पनीले समयमा पुल निर्माण  नगरेपछि लुम्बिनी विल्डर्सलाई ठेक्का दिइएको थियो । सो कम्पनीले यही  असार १३ गते निर्माण  सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेको बताइएको छ  ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १७:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।