Logo

चीनसँग आँखा जुधाउनेले ठूलो क्षति ब्यहोर्नुपर्छ : सी जिनपिङ



बेइजिङ
चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ नागरिकले नयाँ दुनियाँ बनाएको र अब उनीहरू कसैसामू नझुक्ने प्रष्ट पारेका छन् ।

विदेशी शक्तिलाई चेतावनी दिँदै उनले चीनसँग कसैले आँखा जुधाउने कोसिस गरे ठूलो क्षति ब्यहोर्नुपर्ने बताए ।

कम्युनिस्ट पार्टीको सयौं स्थापना दिवसको असरमा आयोजित एक विशेष समारोहमा उनले यस्तो बताएका हुन् ।

‘चीनलाई डराउने हिम्मत गर्नेलाई एक अर्ब चिनियाँ नागरिकको ग्रेट वाल अफ स्टिलको सामना गर्नुपर्छ,’ उनले भने ।

चीन अब कोहिसामु नझुक्ने बताउँदै उनले विदेशी शक्तिले आफूहरूसँग आँखा जुधाने शक्ति नरहेको दाबी गरे ।

उनले भने,‘चिनियाँ नागरिक न्यायप्रेमी छन्। तरर, हिंसाबाट डराउँदैनन्। चीनलाई आफ्नो संप्रभुतामाथि गर्व छ र आफूमाथि भरोसा पनि। चीनलाई कसैले डराउन सक्दैनन्।’

कम्युनिस्ट पार्टीको स्थापनाको सय वर्षको क्रममा चीन विश्वको सबैभन्दा ठूलो दोस्रो अर्थव्यवस्था भएको मुलुक बनिसकेको छ ।

सयभन्दा कम मानिसको सदस्यताबाट सुरू भएको त्यहाँको कम्युनिस्ट पार्टीका अहिले ९ करोड २० लाग सदस्य छन् ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार ०६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।