Logo

क्यानाडा : अत्यधिक गर्मी बढेको गाउँको जंगलमा डढेलो



टोरन्टो
एउटा जंगली डढेलोका कारण क्यानाडामा अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भाग पु¥याएको स्थानीय सांसद ब्राड भिसले बताएका छन् ।

ब्रिटिश कोलम्बियास्थित लिटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पु¥याएको उनले बताएका हुन् ।

‘लिटनको धेरै क्षेत्र बाँकी रहने छैन,’ त्यहाँका मेयर ज्यान पोल्डरम्यान भन्छन्,‘जताततै डढेलो लागेको छ ।’

डढेलोले लिटनलाई नराम्ररी प्रभावित गरेको उनको भनाइ छ ।

१५ मिनेटमै डढेलो पुरै गाउँमा फैलिएको र आफूहरूले मानिसहरू अन्यत्र सर्न निर्देशन दिएको उनले बताएका छन् ।

उनले यो साता उक्त गाउँमा क्यानाडामा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको बताए ।

पश्चिम क्यानाडाको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ जुन अहिलेसम्मकै धेरै हो । सामान्य अवस्थामा औसत मृत्यु १६५ हुने गथ्र्यो ।

प्रमुख कोरोनेर लिजा लपोइन्टीले डढेलो लाग्नुको कारण मौसम भएको बताएकी छिन् । विगत ३ देखि ५ वर्षभित्र पश्चिम प्रान्तमा गर्मीका कारण केवल तीनजनाको मात्रै मृत्यु भएको थियो ।

त्यसरी ज्यान गुमाउने धेरैजसो हावा प्रवाहको राम्रो व्यवस्था नभएका घरमा एक्लै बस्नेहरू रहेको लपोइन्टीले बताइन् ।
धुवाँ र आगोको लप्का गाउँतिर आउन थालेपछि स्थानीय वासिन्दाहरू आफ्ना सामानहरू बिना नै त्यहाँबाट अन्यत्र सरेका थिए ।

 

प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार  ७ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।