Logo

विश्व स्वास्थ्य संगठनको चेतावनी : युरोपमा महामारीको नयाँ लहर सुरू हुनसक्छ



जेनेभा
विश्व स्वास्थ्य संगठनले सावधानी नअपनाइए युरोपमा फेरि कोरोना महामारीको नयाँ लहर आउनसक्ने चेतावनी दिएको छ ।

लगातार दश दिनसम्म संक्रमण दर कम देखिए पनि युरोपमा फेरि संक्रमितको संख्या बढ्न थालेको छ ।
संक्रमण वृद्धि हुनुका कारण डेल्टा भेरिएन्ट रहेको बताइएको छ ।

संगठनका क्षेत्रीय प्रमुख हैन्स क्लुगले युरो २०२० कोरोना संक्रमणको प्रमुख कारण बन्न सक्ने सचेत गराएका छन् ।

जर्मनीका गृहमन्त्री होस्र्ट सीहौफरले युरोपीय फुटबल च्याम्पियनसिप आयोजना गर्ने निर्णयमाथि प्रश्न उठाएका छन् ।

दर्शकको भीडभाडका बीच कतिपय स्थानमा भएका फुटबल म्याचले कोरोना संक्रमणको जोखिमलाई बढाएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका कोभिड–१९ इन्सिडेन्ट म्यानेजर कैथरिन स्मौलवुडले युरो २०२० का कारण कोरोना संक्रमणले तीव्रता लिने जोखिम बढेको बताएका छन् ।

प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार  ७ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।