लाहोर
पाकिस्तानमा बम विस्फोटमा परी ६ जना सेना घाइते भएका छन् ।
पाकिस्तानको क्वेटा सरहमा विस्फोट भएको हो ।
सेनाको टोली विमानस्थलबाट सहरतर्फ गइरहेको बेला विस्फोट भएको पाकिस्तान प्रहरीले जनाएको छ ।
विस्फोटमा परी घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको राज्यका गृहमन्त्री मीर जियाउल्लाहले जानकारी दिएका छन् ।
सेनाका ६ वटा गाडी विमानस्थलबाट सहरतर्फ गइरहेको बेला एउटा मोटरसाइलकमा बम विस्फोट भएको उनले बताए ।
विस्फोटमा चारदेखि पाँच किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको बताइएको छ ।
विस्फोट कसले गराएको यसबारे खुल्न सकेको छैन । स्थानीय प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया