Logo

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ



जबरजस्ती करणी र बाल विवाह मुद्दाका फरार प्रतिवादी जलजला गाउँपालिका-७ बस्ने ३३ वर्षीय सम बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्वतको २०६५ असार ३० गतेको फैसलाले उक्त मुद्दामा ७ वर्ष कैद सजाय ठहर भई फरार रहेका सम बहादुरलाई घरमै लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वत तथा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । 

यसैगरी पर्वत, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कुश्मा नगरपालिका-१४ बस्ने २७ वर्षीय लक्ष्मण शर्मालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत तुल्सीपुर वुटवलको २०७६ वैशाख ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा छ महिना कैद र ७ लाख ६२ हजार २ सय २१ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले घरमै लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । दुबै जनालाई जिल्ला अदालत पर्वतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  ३ : ०७ बजे