Logo

पत्रकारको आन्दोलनमा पनि विदेशी घुसपैठ



गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोनलमा विदेशी घुसपैठ भएको आशंका वढेको छ ।

इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक ब्यबस्था भएका मित्रराष्ट्रका बिरुद्द भ्रमपुर्ण समाचार लेखेको आशंकामा छानविनमा रहेका केहि पत्रकार र कर्मचारी आन्दोलनमा देखिएपछि घुसपैठको आशंका वढेको हो ।

नेपाल आज प्रालिको अनलाईन पोर्टल ‘नेपाल आज’ बाट पीडित भनिएका केहि पत्रकार र कर्मचारी माथि राष्ट्रहित विपरितका काममा सम्पादकीय स्वतन्त्रताको दुरुपयोग र पत्रकार आचार संहिता विपरितका काम गरेको आशंका गरिएको छ ।

नेपाल आज प्रालिले विहिवार जारी गरेको विज्ञप्तिमा नेपाल आजवाट पीडित भनिएका केहि कर्मचारीहरु इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक ब्यबस्था भएका मित्रराष्ट्रका बिरुद्द काम गरीरहेको आशंका ब्यक्त गरिएको छ । ‘त्यो बिषय यस संस्थाको आन्तरिक सामाजिक परिक्षणको प्रक्रियामा थियो’ विज्ञप्तिमा भनिएको छ–‘नेपालमै पनि स्वदेशी तानाशाही र डेट एक्स्पायर पुनरातनवादी शक्तिका एजेण्टका समाचारलाई अतिसयोक्तिपुर्ण तरिकाले प्रस्तुत गर्ने र नेपालको राष्ट्रियता, अखण्डता र लोकतान्त्रीक मुल्यमान्यता विरुद्ध काम गरेको विषय अझै पनि छानविनकै क्रममा छ ।’

त्यति मात्र नभई जनताको लामो त्याग, तपस्या र वलिदानीवाट प्राप्त लोकतान्त्रीक गणतन्त्रका सिद्धान्त र मर्ममा प्रहार गरी त्यसलाई असफल सावित गराउन ति पत्रकार/कर्मचारीले भुमिका निर्वाह गरेको प्रालिको आशंका छ ।

सरकारी कर्मचारी तथा विशिष्ठ ब्यक्तिहरुको अन्तरबार्ता लिने क्रममा रकम माग्ने गरेको विषय उनीहरु विरुद्ध उजुरी नै परेको जानकारी दिदै विज्ञप्तिमा भनिएको छ–‘ ‘यि सवै विषय छानबिनको क्रममा रहेकै वेला उनीहरु एकतर्फी रुपमा सम्पर्क बिहिन भएका हुन् ।’

प्रालिले नेपाल आजवाट पीडित भनिएका कर्मचारी/पत्रकारको दावी दुरासय युक्त रहेको र त्यसमा कुनै सत्यता नरहेको दावी गरेको छ । ‘न्युज रुममा राजनीतिकरण गर्ने तथा केहि देशी–विदेशी शक्तिका लागि मिडियाको दुरुपयोग गर्ने मनसायवाट प्रेरित भएर उनीहरु नियोजित रुपमा संस्था विरुद्ध आन्दोलनमा उत्रिएका हुन’ विज्ञप्तिमा भनिएको छ–‘न्याय पाउने प्रसस्त कानुनी वाटाहरु हुँदाहुँदै त्यता नगएर पत्रकारका नाममा भईरहेका आन्दोलनमा जता पनि सहभागि भएर आफैंले काम गरेको संस्था विरुद्ध दवाव सृजना गर्न उक्साउने र संस्थाका संचालनकलाई धम्कि दिएर प्रभावमा राख्न खोज्नुले उनीहरुको नियत प्रष्ट हुन्छ ।’

‘नेपाल आज’ देशको संविधान, प्रचलिन कानुन तथा लोकतान्त्रीक मुल्य मान्यता र पत्रकार आचार संहिताको पुर्ण पालन गर्दै जनताको मौलिक हक, राष्ट्रको हित, सुरक्षा र विकासका लागि प्रतिवद्ध संस्था रहेको जनाउँदै कुनै पनि शक्तिको आडमा संस्थाको उदेश्यमा आँच पुर्याउने प्रयास स्किार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

                                                                                  बिज्ञप्ति

सञ्चार गृहका पीडित पत्रकार कर्मचारी संयुक्त संघर्ष समितिका नाममा सामाजिक संजाल मार्फत आन्दोलनको घोषणा भएको र आन्दोलनक कार्यक्रम अनुसार असोज २४ गते नेपालआजको कार्यालयमा पनि एक घण्टा घेराउ गर्ने कार्यक्रम रहेको सूचना प्रति हाम्रो ध्यानाकर्षण भएको छ । सर्वप्रथम पीडित पत्रकारहरुको आन्दोलनमा ‘नेपालआज’को नाम विपक्षी वनाएर जोडिनु आफैमा दुःखद् कुरा हो ।  ‘नेपालआज’माथि लगाईएका आरोप यथार्थमा आधारित छन् र छैनन भन्ने विषयमा स्पष्ट नभई प्रभावमा परीसूची सार्वजनिक भएकोमा हामी दुस्प्रकट गर्दछौँ ।

हामी साँचो अर्थमा पीडीत बनेका कुनै पनि सञ्चारगृहमा कार्यरत पत्रकारहरुका पक्षमा छौं । तर, नेपालआजमाथि लागेका आरोप वास्तविक्तामा आधारित नभएर संस्थालाई बदनामगर्ने कुन्ठित मनसायका साथ आएको हो भन्ने तथ्य प्रष्ट पार्न चाहान्छौं । संघर्ष समितिले घोषणा गरेको आन्दोलनमा नेपालआजको नाम दुरासयपूर्ण तरिकाले मुछिएका हुनाले हाम्रा पाठक र शुभचिन्तकहरुलाई भ्रम नहोस् भनेर हाम्रो धारणा  बुँदागत रुपमा स्पष्ट पार्न चाहान्छौँ ।  

१. नेपाल आजवाट पीडित भनिएका कर्मचारीले गलत मनसायका साथ संस्थाको दुस्प्रचार गरिरहेको हाम्रो ठहर छ । उहाँहरुलाई अन्याय भएको भए न्याय पाउने प्रशस्त कानुनी बाटाहरु छन् । तर जताजता साँचो अर्थमा पीडीत पत्रकार र कर्मचारीको आन्दोलन हुन्छ, त्यहाँ दुरासय बोकेर नेपालआजको बदनाम मात्र गर्ने र आन्दोलन गरिरहेकाहरुको आन्दोलन पनि धमिलो बनाउने उद्देश्य राखी हिडिरहेको हाम्रो ठहर छ । अतः आफ्नो आन्दोलनमा घुसपैठ भएको प्रति संघर्ष समिति पनि सचेत हुन आवश्यक छ भन्ने हाम्रो आग्रह छ ।

२. नेपाल आजवाट पीडित भनिएका कर्मचारीहरुमा संस्था प्रतिको गलत बुझाईका कारण आजको अवस्था श्रृजना भएको हामीले महसुस गरेका छौं ।  गलत मानसिकताबाट अभिप्रेरित भई संस्थाका संचालकहरु मथि गालीगलौज गर्ने र धम्क्याउने काम गरिएको छ । यस्ता हर्कतले कर्मचारी नभई कर्मचारीका कारण संचालक पीडित हुनुपरेको यथार्थ प्रष्ट पार्न चाहान्छौं । आन्तरिक रुपमा वार्ताका माध्यमबाट हल हुने झिनामसिना समस्यापनि संचालकलाई बदनाम गराउंछु भन्दै बाहिर अनावश्यक रुपमा साना मुद्धालाई ठुला बनाउने कार्य गर्दै हिड्नुले नेपाल आजबाट पीडीत भएका भनिएकाहरु साँचो अर्थमा पीडक हुन् भन्ने हाम्रो ठहर छ ।

३. नेपाल आजवाट पीडित भनिएका कर्मचारीहरु मध्ये पनि केहि कर्मचारीहरु अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक व्यवस्थ ाभएका मित्र राष्ट्रहरुका  बिरुद्द काम गरीरहेको बिषय यस संस्थाको आन्तरिक सामाजिक परिक्षणको प्रक्रियामा थियो । नेपालमै पनि स्वदेशी तानाशाही र डेट एक्स्पायर पुनरातनवादी शक्तिका एजेण्ट  बनेका केहि नेताका समाचारलाई अतिसयोक्तिपुर्ण तरिकाले प्रस्तुतगर्ने, नेपालको राष्ट्रियता, अखण्डता र लोकतान्त्रिक मुल्य मान्यता विरुद्ध सम्पादकीय स्वतन्त्रताको दुरुपयोग गर्ने र पत्रकार आचारसंहिता विपरित समाचारहरु प्रस्तुतगर्ने लगायतका विषय छानविनमै थिए । यति मात्र होईन, जनताको लामो त्याग, तपस्या र वलिदानीवाट प्राप्त लोकतान्त्रीक गणतन्त्रका सिद्धान्त र मर्ममा प्रहार गरी त्यसलाई असफल सावित गराउन भुमिका निर्वाह गरेको बिषयपनि छानबिनकै क्रममा रहेका वेला उनीहरु एकतर्फी रुपमा सम्पर्क बिहिनभएको प्रष्ट पार्न चाहान्छौं ।

४. नेपाल आजवाट पीडित भनिएका कर्मचारीहरुले कर्मचारी तथा विशिष्ठ ब्यक्तिहरुको अन्तरबार्ता लिने क्रममा रकम माग्ने गरेको विषयमा केहि थान गम्भीर प्रकृतिका उजुरीहरु प्राप्त भएपछी हामीले यस विषयमा छानविन जारी राखेका थियौं । संस्थाको जानकारी विना सम्पर्क विहिन भएका तिनै कर्मचारीहरुको समुहले हाल नेपाल पत्रकार महासंघ तथा नेपाल सरकारका केहि कर्मचारीहरुलाई प्रयोग गरी संस्थाका संचालकहरुलाई धम्क्याउने, दवावमा राख्ने कार्य गरिरहेको हाम्रो वुझाई छ ।

५. ‘नेपालआज’ देशको संविधान, प्रचलिन कानुन तथा लोकतान्त्रिक मुल्य मान्यता र पत्रकार आचार संहिताको पूर्ण पालन गर्दै जनताको मौलिकहक, राष्ट्रको हित, सुरक्षा र विकासका लागि प्रतिवद्ध संस्था हो । यसमा कुनै पनि शक्तिको आडमा आँचपुर्याउने प्रयास कदापी स्वीकार्य हुँदैन । दवाव र धम्किका भरमा ‘नेपालआज’लाई प्रभावमा पार्ने र ठेगान लगाउने कल्पना गर्नु भ्रम मात्र हो । देशको संविधान, प्रचलिन कानुन तथा लोकतान्त्रीक मुल्य मान्यताले नै ती भ्रमहरु चाँडै निवारण गर्ने कुरा समेत विस्वास दिलाउँन चाहान्छौं ।

६. अन्त्यमा नेपालआज माथि लगाईएका आरोप तथा नेपाल आजवाट पीडित भनिएका कर्मचारीहरुको दावी सत्यमा आधारित नभएर न्युज रुममा राजनीतिकरण गर्ने तथा केहि देशी–विदेशी शक्तिका लागि मिडिया दुरुपयोग गर्ने मनसायवाट प्रेरित रहेको स्पष्ट पार्न चाहान्छौं ।

७. साँचो अर्थमा पीडीत बनेकाहरुलाई नेपालआजको सधैं साथ छ । अतः २४ गते नेपालआजमा हुने भनिएको धर्ना कार्यक्रम पनि हाम्रो नाममा पत्रकार महासंघ र संघर्ष समितिकै बदनाम गर्ने केहि भाडाका मान्छेहरुले गरेको उक्साहट भन्दा पनि समग्र श्रमजीवीको पक्षमा वकालत गर्नकालागि हुनेछ भन्ने हाम्रो अपेक्षा छ । कोरोना महामारीबाट सचेत भएर गरिने शान्तिपूर्ण आन्दोलनमा नेपालआज पीडीतका नाममा भएको घुसपैठ प्रति सचेत रहन हामी पुनः सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ ।

८. हाम्रो आन्तरिक अनुसन्धान नसकी हामी हाम्रा पूर्व कर्मचारीका कुनै पनि आर्थिक दाबीलाई सम्बोधन गर्ने छैनौँ । किनकि अनुसन्धानका क्रममा हामीलाई प्राप्तउजुरी प्रमाणित भएको खण्डमा उल्टै हामीले क्षतिपूर्ति दाबी गर्नुपर्ने हुन्छ । हाम्रो अनुसन्धानका क्रममा हाम्रा पूर्व कर्मचारीहरु विरुद्ध प्राप्त उजुरी गलत प्रमाणित भएको खण्डमा त्यसको २४ घण्टाभित्र हामी उहाँहरुका अहिलेका मागहरु सम्बोधन गर्ने छौं ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार १५:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।