Logo

सूचकांकमा आधारित कृषि बाली बिमासम्बन्धी छलफल



कृषि क्षेत्र नेपालको प्रमुख व्यवसाय हो । नेपाल प्राकृतिक प्रकोप र बाढी पहिरोको चपेटामा छ, जसले कृषि उत्पादनलाई धेरै नै जोखिमपूर्ण बनाएको छ।भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य (कोलार्प)ले सूचांकमा आधारित बाली बिमासम्बन्धी छलफल गरेको छ। कोलार्पले सरकारी तथा गैरसरकारी, निजी संस्था, किसान समूह संगठन र सरोकारवालासँग छलफल गरेको हो। 

छलफलमा सूचकांमा आधारित बाली बिमाबारे जानकारी गराइएको थियो । कोलार्पका कार्यकारी निर्देशक धनेज थापाले सूचकांकमा आधारित बाली क्षति निर्धारण गरी क्षतिपूर्ति प्रदान गर्दा ठूलादेखि साना किसान सबै लाभान्वित हुन सक्ने बताए।

‘नेपालमा विशेषतः परम्परागत क्षतिपूर्तिमा आधारित कृषि बीमा, जसले प्रमाणीकरण घाटामा  भुक्तानी गर्दै आइरहेको पाइन्छ। यसको उच्च लागत, प्रशासकिय झन्झट तथा  क्षतिपूर्ति  प्राप्त गर्न लाग्ने लामो समय जस्ता कारणले साना किसानहरूको प्रकोपसँग सम्बन्धित कृषि बिमामा उत्सुकता रहेको पाइँदैन,’ उनले भने, ‘प्रारम्भिक चरणमा सगरमाथा बिमा कम्पनीसँग सहकार्य गरी ‘बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा’ कैलाली जिल्लाको भजनी नगरपालिकामा सम्भाव्यता÷पायलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयन गरिनेछ।’
 

प्रकाशित मिति : असार १९, २०७८ शनिबार  १२ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।