Logo

युरोकप फुटबल : क्वाटरफाइनलअन्तर्गत अन्तिम दुई खेल



१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत (आज) शनिबार राति क्वाटरफाइनलको दुई खेलहरु रहेका छन् ।

युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् ।

चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ ४५ बजे सुरु हुनेछ ।

चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । 

इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२ ४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

प्रकाशित मिति : असार १९, २०७८ शनिबार  ३ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।