Logo

१३ वर्षीय किशोरीको नदीमा डुबेर मृत्यु 



सर्लाही : गोडैता नगरपालिका-३ सिमरा भगवतीपुरस्थित बगी नदीमा डुबेर सोही ठाउँ बस्ने सुरेन्द्र हजारीकी छोरी १३ वर्षीया रिभा हजारीको आइतबार बिहान मृत्यु भएको छ । 

नुहाउने क्रममा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी मधुवनगोठबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि ५ सय मिटर टाढा उक्त नदीको किनारमा शव फेला पारेको हो । 

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : असार २०, २०७८ आईतबार  ६ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।