Logo

समाचार

महाकालीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह



दार्चुला भारतले धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै दार्चुला जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको तपोवनस्थित धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम साइटमा बिहीबार बिहान ५ बजे देखि बेलुकी ८ बजेसम्म ‘सिल्ट फ्लसिङ’ को काम हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भनेर एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट पत्राचार आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बेलुका ८ बजेपछि पनि महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको सूचना :

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ८ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।