Logo

प्रमुख समाचार

नेपालका १४ नदीमा बज्यो खतराको घण्टी !



काठमाडौं । लगातारको वर्षापछि नदीको बहाव बढेको छ । पहाडका थुप्रै स्थानमा पहिरो गएको छ भने तराईका धेरै स्थान डुबानमा परेका छन् ।  बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पनि नेपालका १४ नदीले खतराको घण्टी पार गरेका छन् । 

नारायणी, राप्ती, बागमती, लालबकाईया, कोशी, कर्णाली, गण्डकीका शाखा नदी गरि १४ नदीमा खतराको घण्टी बजेको छ । महाशाखाले २४ घण्टाको अवधिलाई मानेर एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर वर्षा भएमा खतराको सङ्केत दिने गरेको छ ।

 वर्षाको कारणले विभिन्न क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाको अनुरोध छ । 

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  १० : ०६ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।