Logo

समाचार

भाइरल हुन गोहोरोको छाला काढेर टिकटकमा अपलोड गरेपछि…



धादिङ । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काढेर टिकटक बनाउने एक महिला पक्राउ परेकी छन् । उनलाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले आइतबार बैरेनीबाट पक्राउ गरेको हो । 

उनले गोहोरो मारी छाला काढेर मासु पाइन्छ भन्दै  भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । पक्राउ परेकी महिला लमजुङ घर भइ धादिङको बैरेनी डेरा गरी बस्‍ने गरेको पनि जिल्ला वन कार्यालय धादिङका प्रमुख (डीएफओ) शोभा सुवेदीले जानकारी दिएकी छन् । 

सुवेदीका अनुसार उनको साथबाट गोहोरोको छाला पनि बरामद गरिएको छ । ती महिला अहिले जिल्ला वन कार्यालयको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ । 

प्रकाशित मिति : असार २०, २०७८ सोमबार  १० : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।