एनआईसी एशिया ‘सेलेक्ट–३०’ फण्डको १० करोड इकाई बाँडफाँड भएको छ ।
एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि असार १४ गतेसम्म विक्री गरेको इकाई असार २० गते बाँडफाँड गरेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको थियो ।
निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बाँडफाँड गरेको छ ।
आवेदकहरुले बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सक्ने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया