Logo

असार क्लोजिङको असर : नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दो क्रममा



असार महिना लागेदेखि शेयर बजारले उत्साहजना प्रदर्शन गरेको छैन । असारको क्लोजिङमा सबैको हिसाब किताब मिलाउनु पर्ने भएकोले बजारबाट पैसा बाहिरिएको अनुमान गरिएको छ । असार महिनामा दिन प्रतिदिन नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटिरहेको छ । 

सोमबार शेयरबजार परिसूचक नेप्से ११ दशमलव ७८ अंकले घटेर २८२२ दशमलव ७४ अंकको विन्दुमा बन्द भएको छ । शेयर बजार परिसूचक नेप्सेसँगै शेयरबजारमा सम्पूर्ण परिसूचकहरु घटेका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि भिनो ० दशमलव ०१ प्रतिशतले घटेको छ । 

सोमबार दुई सय २४ कम्पनीको ५२ हजार ८४६ पटकको कारोबारमा एक करोड ६३ हजार ६३६ कित्ता शेयरको खरिदविक्री हुँदा चार अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८ रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ । 

आज हिमालयन डिस्टिलयरी लिमिटेडको सर्वाधिक ४१ करोड २० लाख ८९ हजार ७३२ रुपैयाँ बराबरको कारोबार हुँदा उक्त कम्पनीको शेयर प्रतिकित्ता पाँच हजार ६८५ रुपैयाँ कायम हुँदै बजार बन्द भएको छ । 

दोस्रोमा अपर तामाकोशीको १९ करोड ३६ लाख ३३ हजार ५७८ रुपैयाँ बराबरको कारोबार भएको छ । 

दोहोरो अंकले घटेको बजारमा विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । 

सोमबार सर्वाधिक गुमाउनेमध्य गुर्खाज फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक ६ दशमलव ३६ प्रतिशतले गुमाएका छन् । 

सोमबारको समूहगत परिसूचक भने मिश्रित देखिएका छन् । ५ समूहको परिसूचक बढ्दा ८ समूहको परिसूचक घटेका छन् ।

उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९० प्रतिशतले बढ्दा व्यापार समूहको परिसूचक ३ दशमलव ६१ प्रतिशतले बढ्को छ । बाँकी तीन समूहको परिसूचक भने एक प्रतिशत भन्दा थोरैले बढेको छ । 

घटेर बन्द हुने समयमा वित्त समूहको परिसूचक २ दशमलव ५१ प्रतिशतले घट्दा विकाश बैंक समूहको परिसूचक २ दशमलव ३७ प्रतिशतले घटेको छ । होटल्स् तथा पर्यटन, जलविद्युत र नीर्जीवन बीमा समूहको परिसूचक एक प्रतिशतको औसतले घट्दा बाँकी समूहको परिसूचक एक प्रतिशत भन्दा थोरैले घटेका छन् । 

सोमबारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण ३९ खर्ब २२ अर्ब ३२ करोड ६२ लाख ५९ हजार ३५८ रुपैयाँ कायम भएको छ । 

० दशमलव ४२ प्रतिशतले घटेको बजारमा २९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ५३ कम्पनीको शेयर मूल्य घटेको छ ।    

 

प्रकाशित मिति : असार २१, २०७८ सोमबार  ३ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।