Logo

अमेजनका सीईओ जेफ बेजोसले आफ्नो पद त्याग्दै, अब के छ उनको योजना ? 



ईकमर्शबाट बिलिनियर बनेका अमेजनका सीईओ जेफ बेजोस आजदेखि कार्यकारी भूमिकाबाट बाहिरिँदै छन् । उनी आफैंले सुरु गरेको कम्पनीमा लामो समयसम्म कार्यकारी प्रमुखको रूपमा बिताएका उनले केही हप्ताअघि राजीनामा गर्ने घोषणा गरेका थिए ।

३० वर्षअघि उनले आफ्नो ग्यारेजबाट अमेजनको सुरुवात गरेका थिए । लामो समयसम्म कम्पनीको नेतृत्व गरेका बेजोस अब भने अन्य भेन्चरमा समय र उर्जा खर्च गर्ने मनस्थितिमा छन् ।

अब बेजोसको स्थानमा भोलिदेखि अमेजनकै क्लाउड कम्प्युटिङ बिजनेसका प्रमुख यान्डी ज्यास्सीले भूमिका निर्वाह गर्नेछन् ।

बेजोसले आफू कम्पनीको प्रमुख कार्यकारी भूमिकामा नरहे पनि पूर्व कार्यकारी प्रमुखको रुपमा अन्य महत्वपूर्ण काममा भने सहभागी भइरहने छन् ।

प्रकाशित मिति : असार २१, २०७८ सोमबार  ४ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।