Logo

जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता



जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् । 

गत शनिबार बिहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् । 

देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । 

अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे ।  

घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरुले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् । 

सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : असार २१, २०७८ सोमबार  ६ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।