Logo

भारतसहित यी ६ मुलुकका नागरिकलाई युएई जान रोक



अबुधाबी
युएईको विमान सेवा एमिरेट्स एयरलाइनले ६ मुलुकका नागरिकलाई त्यहाँ जान लगाइएको रोकलाई १५ जुलाईसम्म थप गरेको छ ।

भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नाइजेरियाका नागकिरलाई युएई जान रोक लगाइएको हो ।

एमिरेट्सले गत १४ दिनदेखि यी मुलुकहरूबाट ट्रान्जिट भएर आउने सबै यात्रुहरूलाई आउन रोक लगाइदिएको छ ।

युएईको वेबसाइटअनुसार केवल युएईका नागरिक, गोल्डेन भिसाधारी र राजनीतिज्ञलाई छुट दिइएको छ । युएईमा एक तिहाइ मानिसमा डेल्टा भेरिएन्टको संक्रमण देखिएपछि युएईले यस्तो प्रतिबन्ध लगाएको हो ।

युएईले १ जुलाईदेखि आफ्ना नागरिकलाई १४ मुलुकको यात्रामाथि रोक लगाएको थियो । उसले भारत, पाकिस्तान, बंगलादेश, नेपाल र श्रीलंका नजान आफ्ना नागरिकलाई भनेको थियो ।

युएईमा ३ जुलाईमा १ हजार ६३२ जनामा कोरोना संक्रमण देखिएको थियो भने ६ जनाको ज्यान गएको थियो ।
त्यहाँ अहिलेसम्म ६ लाख ३७ हजार ८७७ जना कोरोना संक्रमित भएका छन र १ हजार ८३४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।